जिल्ला समन्वय समिति रामेछाप परिसरमा निर्माणाधीन सभा हलको पूर्व राज्यमन्त्री तामाङद्वारा अनुगमन
- Monday Dec 15 2025
- | 413 Read
Share News

२९,मङ्सिर,२०८२ । जिल्ला समन्वय समिति रामेछापको परिसरमा सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापमार्फत अण्डरग्राउन्ड पार्किङसहितको सुविधा सम्पन्न सभा हल (कम्प्लेक्स) निर्माण कार्यको पूर्व राज्यमन्त्री तथा विघटित प्रतिनिधि सभाका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ।
निर्माणस्थलमा जग हाल्ने काम तीव्र रूपमा भइरहेका बेला जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का (कार्की), उपप्रमुख प्रेमसागर थापासहितको टोलीले अनुगमन गरेको हो।
मन्थली बिच बजारमा सबैलाई पायक पर्ने स्थानमा निर्माण हुन लागेको सुविधा सम्पन्न आधुनिक सभा हलको निर्माण गुणस्तर सुनिश्चित गर्दै कामलाई तीव्रता दिन नेपाली कांग्रेस रामेछापका पार्टी सभापति समेत रहेका
नेता तामाङले सम्बन्धित निकायलाई आग्रह गर्नुभयो।
निर्माणाधीन संरचनाको आधार नै जग भएकाले सुरुवाती चरणमै मजबुत जग निर्माण गर्नुपर्ने उल्लेख गर्दै, त्यसपछि आवश्यकताअनुसार प्रशासनिक कक्षहरू समेत थप्न सकिने भएकाले गुणस्तरीय निर्माणमा विशेष ध्यान दिन सरोकारवालालाई उहाँले आग्रह गर्नुभयो।

For Add Product Review. You Need To Login First Login Page
-
LATEST
-
POPULAR


















