Thursday 01-10-2026

एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक : पुस १ गते मतदान

Logo
Satyapana
  • Sunday Dec 14 2025
  • | 381 Read

Share News

एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक : पुस १ गते मतदान

२८ मंसिर, २०८२। नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। 

एमालेको केन्द्रीय निर्वाचन अयोगका अध्यक्ष डा. विजय सुब्बाले आइतबार साँझ प्रकाशन गर्नुभएको निर्वाचन कार्यतालिका अनुसार आइतबार साँझ ७ बजेसम्म मतदाता नामावली प्रकाशन, सोमबार बिहान ८ देखि ९ बजेसम्म मतदाता नामावली उपर दाबी विरोध/सुधार, सोही दिन बिहान ९:३० बजे मतदाता नामावली उपर गरेको दाबी विरोध र सुधारको सुचना प्रकाशन, बिहान १० बजे दाबी विरोध उपर छानबिन र निर्णय गर्ने कार्यतालिका तय भएको छ।  

यसैगरी, २९ गते बिहान १०:१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन, ९ देखि १२ बजेसम्म उम्मेदवारको दरखास्त फाराम वितरण, १०:३० देखि १:३० सम्म उम्मेदवारको दरखास्त फाराम दर्ता, २ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन,  २:३० देखि ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, ३:१० बजे उजुरी उपर छानबिन र निर्णय, ३:१० देखि ५ बजेसम्म उम्मेदवारको नाम फिर्ताको समय तय भएको छ। 

निर्वाचन कार्यतालिका अनुसार पुस १ गते मङ्गलबार बिहान ११ बजेदेखि ५ बजेसम्म मतदानको कार्यतालिका रहेको छ। मतदान पश्चात् सोही दिन मतगणना, निर्वाचन परिणाम घोषणा गरिने छ। 


For Add Product Review. You Need To Login First Login Page