Friday 02-10-2026

नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

Logo
Satyapana
  • Wednesday Dec 03 2025
  • | 5346 Read

Share News

नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

नागरिक उड्डयन प्राधिकरण (CAAN) का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी विशेष अदालतमा उपस्थित गराएको  छ। अख्तियारका एक अधिकृतका अनुसार अधिकारीलाई अभियोगपत्रसहित अदालतसमक्ष उपस्थित गराइएको हो। आयोगले उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गर्ने तयारी गरेको बताइएको छ।

यसअघि कात्तिक ३ गते साँझ सातदोबाटोबाट घरतर्फ जाँदै गर्दा अधिकारीमाथि अपरिचित समूहले आक्रमण गरेको थियो। सो घटनामा संलग्न रहेको आरोपमा काभ्रेका कोकिलबहादुर शाह, रामेछाप–गेलुका ३१ वर्षीय सिर्जन अधिकारी र सर्लाहीका ३५ वर्षीय हेम तामाङलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको थियो।


For Add Product Review. You Need To Login First Login Page